काठमाण्डौं ।अभिनेता तथा वरिष्ठ पाइलट विजय लामा र अभिनेत्री गौरी मल्लले कलंकीमा रहेको मेदान्त आयुर्वेदिक हस्पिटलको उद्घाटन गरेका छन्।
शनिबार आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि लामा र विशिष्ट अतिथि अभिनेत्री मल्लले रिबन काटेर उद्घाटन गरेका हुन् । कार्यक्रममा अर्का वरिष्ठ पाइलट रमन घिमिरेको पनि विशेष अतिथीको रुपमा उपस्थिती थियो ।
मेदान्त आयुर्वेद हस्पिटल विगत पाँच वर्षदेखि मेदान्त पोलिक्लिनिकको रूपमा सञ्चालन थियो। अहिले सेवाहरूलाई थप विस्तार गर्दै हस्पिटल भएको हो। यसैबिच प्रमुख अतिथी पाइलट लामाले आयुर्वेदको क्षेत्रमा मेदान्त आयुर्वेद हस्पिटलले राम्रो सेवा दिइरहेको र सेवाग्राही हरुको मन जित्दै आएको सुन्न पाउँदा खुसी लागेको बताए । लामाले यस हस्पिटलको बारेमा पहिले देखिनै धेरै कुरा सुनिरहेको बताए।
यस्तै विशिष्ट अभिनेत्री गौरी मल्लले आफ्नो जीवनमा पनि आयुर्वेदले धेरै नै परिवर्तन ल्याएको बताएकी थिइन् उनले आफ्नो आमाको उदाहरण दिँदै आयुर्वेद को बारेमा अनुभव सेयर गरेकी थिइन।
कार्यक्रमका सभापति अस्पतालका सञ्चालक डाक्टर सुवर्ण पौडेलले आफूहरू क्लिनिक पोलिक्लिनिक हुँदै अब हस्पिटल मार्फत सेवा दिन पाउँदा निकै नै खुसी लागेको बताए । साथै उनले आयुर्वेदको क्षेत्रमा थप सेवाहरु दिने विश्वास दिलाए । डाक्टर सुवर्णका अनुसार अस्पतालमा अहिले १६ बेड सञ्चालन छन् र ६ जना डाक्टर उपलब्ध रहेका छन्। साथै उनले हस्पिटलमा डाक्टरको सेवा जम्मा सय रुपैयाँमै लिन सकिने बताए ।
साथै विशेष अतिथि पाइलट घिमिरेले मेदान्त आयुर्वेद अस्पतालले देशैभरि सेवा दिन सकोस् र आगामी दिनमा अझ फराकिलो बन्दै जाओस् भन्दै शुभकामना व्यक्त गरे । कार्यक्रममा हस्पिटलका डाक्टरहरूले त्यहाँको सेवाबारे प्रष्ट पारेका थिए।