पशुपति र सम्झनाको निकै फरक गीत, पर्यो युट्युवको टप ट्रेडिङमा (भिडियो)

...

मंसिर, काठमाडौं । गायक पशुपति शर्मा समाजका यथार्थ घटनालाई समेटेर फरक गीत बनाउन माहिर गायकको रुपमा चिनिन्छन् । उनले लेखेका तथा गायिका अधिकांश गीतहरु चर्चित छन् । यसैबिच केहि दिन अघिमात्र पशुपति शर्माको एक फरक गीत सार्वजनिक गरीएको छ जुन गीत आजको दिनसम्म युट्युव नेपालको टप बाह्र ट्रेडिङमा पर्न सफल भएको छ ।
pasupati-sharma-new-song‘बा आमाको पालाको बिहे’ बोलको पन्जे बाजा गीतमा पशुपति शर्मा र सम्झना लामिछाने मगरको स्वर रहेको छ । गीतमा पशुपतिले नै शब्द लेखेका हुन् भने लय पनि उनकै रहेको छ । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् भने हरिनारायण चौधरीले सम्पादन गरेका हुन् ।

गीतमा आज भन्दा लगभग ५० बर्ष अगाडि गरीने बिवाहको कथालाई समेटिएको छ । भिडियो मेकिङ हेर्दा निकै दुख गरेर बनाएको देखिन्छ । भिडियोमा पहिलाको बिहे र अहिलेको बिहेलाई देखाइएको छ । भिडियोमा बिवाहमा देखिएका बालबालिकाको उत्कृष्ट अभिनयले गर्दा पनि अझ रोचक बनेको देखिन्छ ।