चलचित्र ‘तुईन’को शिर्ष गीत सार्वजनिक (भिडियो)

...

मंसिर, काठमाडौं । चलचित्र ‘तुईन’को शिर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गोरखा र धादिङबासीहरुले त्रिसुली नदिको वारपार गर्दा पर्योग गर्दै आएको तुईनको पीडालाई देखाइएको छ ।

tuinn-movieसार्वजनिक गीतमा पुष्पन प्रधानले स्वर दिएका छन् भने उनलाई भोकलमा कृति नेपाली, दीपा महर्जन, रानीसोभा महर्जनले साथ दिएका छन् । गीतको शब्द तथा संगीत सुरेश अधिकारीको रहेको छ ।


चलचित्रमा प्रिशा श्रेष्ठ, सुरज थापा, परिक्षितबिक्रम राना, सृजना उप्रेती, विशाल डोटेल, श्याम खड्का, चिराग थपलिया, नेहा पोखरेल, न्यन्सा लगायतको अभिनय छ । चलचित्रको कथा मोहन गेलालको हो । चलचित्रलाई यहि बर्ष भित्र प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ । चलचित्रलाई उत्सव थपलियाले निर्देशन गरेका हुन् ।