काठमाडौंमा अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)’ सुरु

...

मंसिर, काठमाडौं । काठमाडौंमा बिहिबारबाट ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)’ सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवको यो १४ औं संस्करण हो ।
kiff-mahotsabबिहिबार कुमारी हलमा सूचना तथा सञ्चार मन्त्री राम कार्कीले महोत्सवको उद्घाटन गरे । महोत्सवमा नेपालसहित भारत, चीन, स्विजरल्यान्ड, फ्रान्स , अमेरिका, टर्की लगायत २६ मुलुकका ८३ वटा चलचित्रहरु प्रदर्शन गरिनेछ । जसमा नेपालका मात्रै फिचर फिल्म र डकुमेन्ट्री गरि १६ वटा चलपचित्र देखाइने छ ।

किम्फ आयोजक कमिटिका अध्यक्ष वसन्त थापाका अनुसार महोत्सवमा प्रतिस्पर्धात्मक र गैर(प्रतिस्पर्धात्मक चलचित्रको सेगमेन्टका साथै नेपाल पानोरमा, विधा अन्तर्गत चलचित्रहरु राखिएको छ ।

किम्फको सुरुवात भने ‘ह्वाइट सन’ (सेतो सूर्य) को नेपाल प्रिमियर गरिएको छ । यो चलचित्र भोलीबाट नेपालमा व्यवसायिक प्रदर्शनमा आउनेछ । चलचित्रहरु कुमारी हलका साथै रसियन कल्चरल सेन्टर कमलपोखरीमा प्रदर्शन हुनेछन् ।