चलचित्र ‘देव वाणी’ यही पुस १० गते देखि प्रदर्शनमा आउने

...

काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘देव वाणी’ यही पुस १० गते देखि प्रदर्शनमा आउने भएको छ । चलचित्रको रिलिजको मिति नजिकिइरहेका बेला सफलताको कामना गर्दै निर्माण पक्षले काल भैरव मन्दीरमा पूजा गरेका छन् ।
निर्देशक बाबु साहेव बलामी, नायिका अनुजा लेप्चा, कार्यकारी निर्माता मन कुमार लेप्चा, रमेश ढुंगेल झापाली लगायतको उपस्थितिमा गरिएको पूजामा काल र्भरवलाई कालो धजा चढाइएको छ भने १०८ वटा दीप प्रज्वलन गरिएको छ ।
पूजाआजा पछि पत्रकारसँग कुरा गर्दै निर्देशक बलामीले चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । प्रचारको लागि चलचित्रका नायक कुन्दन भारद्धाज केही दिनमै नेपाल आउने उनले बताए । नायिका लेप्चाले फिल्मलाई लिएर आफू उत्साहित रहेको प्रतिक्रिया दिइन् ।

चलचित्रमा अभिनेता कुन्दन भारद्धाज र अभिनेत्री अनुजा लेप्चालाई डेब्यू गराइएको छ । बाबु साहेव बलामीको निर्देशनमा निर्माण भएको चलचित्रमा कुन्दन र अनुजाका अलवा सुनिल थापा, ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहेको छ ।

एक्सन प्रधान चलचित्रमा कुन्दन र अनुजाको स्कृन रोमान्स हेर्न पाइने निर्माण पक्षले बताएको छ । चलचित्रलाई सिमरा, वीरगन्ज, र काठमाडौंमा छायांकन गरिएको हो। चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ। मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको चलचित्रको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन्।

हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रको प्रस्तुतकर्तामा मौसम पौडेल छन्। मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता मन कुमार लेप्चा र रमेश ढुंगेल झापाली हुन्। चलचित्रमा तेञ्जु योञ्जन र रामजी लामिछानेको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ। मुभि पोइन्टमा प्रोष्ट प्रोडक्सन गरेको चलचित्रमा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलर ग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहेको छ । सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई वितरण गर्दैछ। अभिनेता कुन्दन भारद्धाज टेलिशृंखला ‘महाराणा प्रताप’, ‘सिंहासन र महावली हनुमान’ मा अभिनय गरेका छन्। साथै उनले बलिउड चलचित्र ‘श्रीदेवी बंगलो’ र ‘मिशन चाइना’मा अभिनय गरेका छन्। उनी भोजपुरी चलचित्रमा परिचित अभिनेता हुन्।