द भ्वाइस अफ नेपाल सिजन–६ को प्रसारण पुस तेस्रो साताबाट

...


काठमाडौँ – गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’
सिजन–६ को प्रसारण पुस तेस्रो साताबाट सुरु हुने भएको छ ।
यो सिजनमा डिजिटल अडिसनमा सहभागी भएका करिव ५५ हजार आवेदकमध्येबाट छानिएका १२० बढी प्रतिभाहरु ब्लाइन्ड अडिसनमा सहभागी भएका छन् । अडिसनमा नेपालसहित बिभिन्न देशमा
बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागीता जनाएका छन् ।
‘यो पटक भ्वाइस अफ नेपालमा सुदूरपश्चिम र पश्चिमाञ्चल क्षेत्रबाट निकै राम्रो संख्यामा प्रतिभाहरु आउनुभएको छ, जुन हाम्रालागि निकै उत्साहजनक हो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने–‘नयाँ
कोच र प्रतिभाहरुको ट्युनिङ निकै राम्रो भएको छ ।’
ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । छानिएका ६४ जना प्रतिभाहरु ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।
‘पाँच सिजनसम्म दर्शकहरुले दिनुभएको माया र फिडब्याकलाई आत्मसात गर्दै हामीले नयाँ सिजन ल्याएका छौं’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले भने–‘भ्वाइस अफ नेपालले अहिलेसम्म कम समेटेको लोकसँगीतलाई पनि समेटेर अझै बृहत दर्शकमाझ पुग्न कोसिस गरेका छौं । प्रायोजकसँग सम्झौता
यसैवीच द भ्वाइस अफ नेपाल सिजन ६ का मुख्य प्रायोजकहरुसँग सम्झौता भएको छ । कार्यक्रमको टाइटल स्पोन्सरमा क्लोज अप अनुवन्धित भएको छ भने को–स्पोन्सरका रुपमा सनफिस्ट फ्यान्टासी, र रोहोतो सनप्ले रहेका छन् ।


यो सिजनको एसोसिएट स्पोन्सरका रुपमा एशियन पेन्ट्स रोयाल प्ले, जोय, बोरो प्लस, लेट मि इन, लेयर सट, गोदरेज हेयर एक्सपर्ट, यति कार्पेट, सुमेघ होलिडेज अनुवन्धित भएका छन् भने भोटिङ पार्टनर खल्ती र एक्सक्लुसिभ मार्केटिङ पार्टनरमा एस मिडिया एण्ड मार्केटिङ रहेको छ ।
नयाँ कोचमा खेम र मेलीना
द भ्वाइस अफ नेपालको छैठौं सिजनमा कोचमा केही हेरफर भएको छ । यसअघि दुईवटा सिजनमा कोच रहिसकेका राजु लामा पुनः कोचमा रुपमा यो सिजनमा अनुवन्ध भएका छन् भने पाँचौं सिजनमा
कोच रहिसकेका उदय सोताङ दोहोरिएका छन् ।
भ्वाइस किड्सकी कोच मेलिना राई भ्वाइस अफ नेपाल सिजन ६ मा कोच रहनेछिन भने चर्चित लोकगायक खेम सेञ्चुरी पनि कोचका रुपमा अनुवन्धित भएका छन् । सेञ्चुरी द भ्वाइस अफ नेपालको
कोचमा अनुवन्धित हुने पहिलो लोक स्रष्टा हुन् ।
हिमालय टेलिभिजनले बिश्वका नम्बर एक रियालिटी सोहरु नेपालमा ल्याई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज, हिमालय लोकस्टार लगायतका रियालिटी
शो प्रसारण गरिरहेको टेलिभिजनले निकट भविष्यमै बिजनेस रियालिटी सो ‘सार्क ट्याङ्क’ र फेसन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ प्रसारण गर्दै छ ।