काठमाडौँ । युरोपेली देश क्रोएसियामा सुदूरपश्चिमेली नेपाली समाजले गतबर्षदेखी भलिबल प्रतियोगीता सन्चालन गर्दै आएको छ । यसबर्ष पनि उक्त प्रतियोगीता भब्यताका साथ सम्पन्न भएको छ । यहि डिसेम्बर २६ (पुस ११) गते सम्पन्न प्रतियोगीतामा हालसम्मकै ठुलो धनराशि पुरस्कार राखिएको थियो । जसमा प्रथम स्थान सुदूरपश्चिमको ‘ए”टिमले हासिल छ ।
जसका लागि क्रोऐसियाली रुपैयाँ तीन हजार सय ३१ (नेपाली रुपैयाँ चार लाख ५३ हजार ९९५) नगदसहित ट्रफि र मेडल हात पारेको छ । यस्तै द्धितिय स्थान पनि सुदूरपश्चिमकै टिम ‘बी’ ले हासिल गरेको छ । जसको पुरस्कार क्रोऐसियाली रुपैयाँ एक हजार ५१५ (नेपाली रुपैयाँ दुई लाख १९ हजार ६७५) नगदसहित ट्रफि र मेडल प्राप्त गरेको छ ।
प्रतियोगिता क्रोएसियाको प्रिजवल्ज २ जरेवमा भएको थियो । नेपाली नयाँ वर्ष र म्यारी क्रिसमसका अवसरमा सुदूरपश्चिमेली नेपाली समाजले भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको सुदूरपश्चिमेली नेपाली समाजका कोषाध्यक्ष चेतन बि.सीले जानकारी दिएका छन् ।