काठमाडौं । अहिलेका चर्चित गायक तथा गायिकाहरु सहित ७ जनाको स्वर राखेर लोकगीत ‘कलेजीको छेऊ (मजेत्रो)’ सार्वजनिक गरिएको छ । गायक अर्जुन सापकोटा, श्याम राना देखी राजेश भण्डारीसम्मको स्वर गीतमा छ । गीत सार्वजनिक भएको केहिदिनमै युट्युवमा लाखौं पटक हेरिएको छ । गीतको भिडिओमा एक गाउँको घरको आगनीमा बसेर गायक र गायिकाहरु दोहोरी खेलेको देखाइएको छ । गीतमा अर्जुन सापकोटा, श्याम राना, राजेश भण्डारीसँगै आसा बि.सी, प्रतिमा भट्टराई र प्रगति बिष्ट गुरुङको स्वर छ । गीतमा राजेश भण्डारी र राशी रिजालको लय र शब्द छन् । एरेन्ज भने कृष्ण लामिछानेले गरेका हुन् ।
गीतको भिडिओमा पनि गायक र गायिकाहरुले नै अभिनय गरेका छन् । साथै राशि रिजाल र कृष्ण लामिछानेसँगै लक्ष्मी सुनार र सलिन गहतराजको पनि अभिनय देख्न सकिन्छ । गीतमा कोरस स्वर घनश्याम खत्री , राजेश थापा मगर, रुपि सिन्जाली, प्रेमा राना, अमर राज विश्वकर्माले दिएका छन् । देब दोर्जे लामाले खिचेको भिडिओ राजेश भण्डारीले नै निर्देशन गरेका हुन् । गीतमा सकारात्मक प्रतिक्रिया मिलिरहेका छन् ।