काठमाडौं । गायक खेम सेन्चुरी र कबिता खत्रीको ‘नमस्ते ढोगदिया’ बोलको लोकगीत सार्वजनिक गरिएको छ । यो गीत गायिका कबिताले निर्माण गरेकी हुन् । गीतमा शब्द र संगीत भने रमेश परियारको रहेको छ । एरेन्जको काम विश्वास नेपालले गरेका हुन् ।
यो गीतको भिडिओ आज (बुधबार) औपचारिक रुपमा युट्युवमा सार्वजनिक गरिएको हो । तर गीतको अडियो टिकटक, फेसबुक लगायतका सामाजिक सन्जालमा केहिदिन अघि देखी नै भाइरल बनिरहेका छन् । हजारौंले ‘नमस्ते ढोगदिया’ अडियोमा टिकटक बनाएका छन् । गीतको भिडिओ सार्वजनिक भइसकेपछि युट्युवमा पनि हेरिदिन गायिका कबिताले आग्रह गरेकी छिन् । गायका कबिताका अनुसार केहिदिन अघि अडियो प्लेटफर्ममा गीत राखिएको थियो र भिडिओको सम्पादनको काम भइरहेको थियो । तर अडियो नै भाइरल बनेपछि भिडिओ थोरै ढिलो भएको उनले बताएकी छिन् ।
अडियोलाई नै धेरै मन पराइदिनुभएको छ । अब भिडिओ आइसकेको छ सायद भिडिओ पनि एकपटक युट्युवमार्फत हेरिदिनुहुनेछ भन्ने अपेक्षा राखेकी छिन् । गायिका कबिताले आर्टिष्ट खबरसँग भनिन् । भिडिओ राम्रो बनाउन हामीले निकै मिहिनत गरेका छौं । भिडिओमा कलाकार पुष्प खड्का र उषा उप्रेतीले नृत्य गरेका छन् । अशोक विश्वकर्माले निर्देशन गरेको भिडिओ अजय रेग्मीले खिचेका हुन् । भिडिओ प्रबिन भट्टले सम्पादन गरेका हुन् भने कलरको काम मिलन विश्वकर्माले गरेका हुन् ।