काठमाडौँ । बाल गायक सचिन परियारको मृत्यु भएसँगै अचम्मको संयोग भएको छ । आज (बिहीबार) सन् २०२५ जनवरी २ अर्थात २०८१ पुस महिनाको १८ गते उनको निधन भयो । सचिन भाइरल भइसकेपछि उनले पहिलो पटक अफिसियल गीत सार्वजनिक भएको दिन पनि आजै थियो । अर्थात चारबर्ष अघि पुस १८ गते नै थियो । उनले पहिलो गीत ‘ओँठ खोलेर’ गाएका थिए । जुन अत्यधिक भाइरल पनि बनेको थियो । उक्त गीत युट्युवमा अपलोड गरेको ठ्याक्कै ४ बर्ष पनि उनको निधन भएको छ । यो एक दुखद् संयोग हुन गएको छ ।
उक्त गीतमा सचिनसँगै रबिना बसेल, अर्जुन कुँवर र अस्मिता बुढाथोकीको स्वर रहेको छ ।
संयोगः सचिन परियारको पहिलो गीत सार्वजनिक भएको ठ्याक्कै चारबर्ष पुग्यो
१८ पुष २०८१, बिहीबार १३:५३