मंसिर, काठमाडौं । नायक अनमोल केसी यतिखेर कुनै नयाँ चलचित्रमा ब्यस्त छैनन् । उनले पछिल्लो समय अभिनय गरेका चलचित्रहरु अत्यधिक हिट छन् । पछिल्लो समय अनमोलले अभिनय गरेको चलचित्र ‘गाजलु’ पनि युवापुस्ता माझ रुचाइएको चलचित्र हो ।
यसका साथै यतिखेर अनमोल केहि फ्रि समय उपभोग गरीरहेका छन् । हामी यहाँ अनमोलले आफ्नी मम्मी (आमा) सँग खिचाएको तस्बिर तपाईलाई देखाउँदैछौं । जुन उनले आफ्नो अफिसियल ट्विटरमा रिट्विट गरेका छन् ।
–
उनले आफ्ना आमाको मायालाई दर्साएका छन् । उनले ‘कति प्यारा हुन्छन् आमाहरू,
फेर्ने हरेक सास र खाने हरेक गाँसमा सन्तानलाई सम्झिन्छन्।’ लेखेका छन् ।
कति प्यारा हुन्छन् आमाहरू!
फेर्ने हरेक सास र खाने हरेक गाँसमा सन्तानलाई सम्झिन्छन्।@officialAnmol pic.twitter.com/FvxNJGxayC— Sagar Neupane (@SagarNe09167719) December 9, 2016