काठमाडौँ । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘डार्लिङ’ सार्वजनिक गरिएको छ । टेक विसी र मिना पोख्रेलको स्वर, भीम विसीको सङ्गीत, केशव बडुको एरेञ्ज र कुमार रानाको मिक्सिङ एवम् माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र ईशा परियारको अभिनय रहेको छ । डान्सिङविटमा रहेको गीत जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । पवन शुसलिङ र टिमले छायांकन गरेको गीतको भिडियोमा मिलन विश्वकर्माको दृश्य सम्पादन एवम् कलरिङ छ । गीतको भिडियो हरिभक्तको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गर्नुभएका हरिभक्त गीत लेखनमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ । उहाँका थुप्रै गीत लोकप्रिय छन् । तेह्रथुममा जन्मिनुभएका गीतकार बुढाथोकी त्यहाँका पहिलो नाटककारसमेत हुनुहुन्छ । ड्राइभिङसम्बन्धी पुस्तकका पहिलो लेखक रहनुभएका उहाँ रोटरी डिस्ट्रिक्ट ३२८२ गानका रचनाकार र पतञ्जली योगगानका रचनाकारसमेत हुनुहुन्छ ।