यसरी प्रवेश भइन् राप्रपामा रेखा थापा, भन्छिन् ‘राप्रपा नै मेरो पहिलो र अन्तिम पार्टी’

...

मंसिर, काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी निकै चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टिमा प्रवेश गरेकी छिन् । लामो समय देखी कलकारीतामा सक्रिए रेखाले आज आएर पुर्ण रुपमा राजनितिमा प्रवेश गरेको घोषणा गरेकी छिन् । यसभन्दा अघि माओवादी केन्द्रमा सदस्यता दिएका हल्ला चलेतापनि उनले आफुले माओवादीको सदस्यता नलिएको र राप्रपा नै आफ्नो पहिलो र अन्तिम पार्टी भएको बताइन् ।

rekha-thapa-and-kamal-thapa-1राजधानीको इन्द्रेणी फुडल्याण्डमा बिहान ११ बजे भएको कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले पार्टी प्रवेशको पत्र र माला लगाएर स्वागत गरेका थिए । नायिका रेखासँगै उनकी आमा सरस्वती थापा पनि राप्रपामा प्रवेश गरेकी छिन् ।
Rekha thapa in raprapaरेखाले आँफु हिन्दु नारी भएकाले पनि राप्रपा पार्टी राजेको बताइन् । उनले राप्रपाको झण्डा ओडेरै मर्न चाहेको पनि बताइन् । “यो भन्दा अघि मलाई माओवादी पार्टिमा पनि टिकट दिनु भएको थियो तर मैले लिइँन, म एक सफल कलाकार भएकोले पनि मलाई टिकट दिनु स्वभाविक थियो तर मैले लिन चाहिँन अब मेरो लागि राप्रपा नै पहिलो पार्टि हो”, रेखाले भनिन् ।

rekha-thapa-and-kamal-thapa-2यसभन्दा अघि राप्रपा र राप्रपा नेपाल एकहुने दिन नै गायिका कोमल वली पनि राप्रपामा प्रवेश गरेकी थिइन् ।
komal-oli