‘जनै हराएको बाहुन’मा विजय बरालको मुख्य भूमिका रहने

...

काठमाडौँ । नयाँ चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता बिजय बरालको मुख्य भूमिका रहने भएको छ । पेपरक्लिप प्रालिले बनाउन लागेको यस चलचित्रलाई निर्देशक हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । हालै मात्र नेपालमा झण्डै ५० करोड माथीको व्यापार गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता समेत रहेका बरालले जनै हराएको बाहुनु चलचित्रको लागि लेखिएको स्क्रिप्ट मन परेर चलचित्रमा जोडिएको प्रतिक्रिया दिएका छन् । चलचित्रको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् ।

यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार यो चलचित्रले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ । चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर।के। मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् ।

Janai Harayeko Bahun

यस चलचित्रमा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक’ हुन् भने एसोसियट निर्देशक ‘प्रेम गीत – ३’का कलाकार मनिस राउत हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् । चलचित्रका लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिन भित्रै सार्वजनिक गरिने बताइएको छ। यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।