काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक र निर्माताको रुपमा चिनिन्छन् मिलन चाम्स । उनले यसअघि ‘बिर बिक्रम’, ‘लिली बिलि’, ‘ब्लाइण्ड रक्स’, ‘गोर्खा वारियर’, ‘बबी’ जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरिसकेका छन् ।
अब बनाउने चलचित्र गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने भनिएको छ । चलचित्रमा राजीव थापाको लेखन रहनेछ । तर चलचित्रको नाम भने खुलाइएको छैन । चलचित्रको नाम केहिसमयमा खुलाउने निर्माण टिमले तयारी गरेको छ । चलचित्र प्रेमकथामा बन्नेछ । साथै यो चलचित्र आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुनेछ
। चलचित्रको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताएका छन् । चाम्स द्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
नयाँ चलचित्र बनाउने तयारीमा मिलन चाम्स
१४ माघ २०८१, सोमबार १५:२४