‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक

...

काठमाडौँ । चलचित्र ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । टिजर, गीतसंगीत र ब्रेकअप कविताका कारण यसअघि प्रचार राम्रै भइरहेको यो चलचित्रको प्रदर्शन मिति १० दिन बाँकी रहँदा निर्माणटिमले ट्रेलर सार्वजनिक गरेका हो ।

ट्रेलरमा समावेश गरिएको एक कवितामा भनिएको छ–‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्–‘युगौदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’ यो कविताले पनि चलचित्रले कस्तो भन्न खोजेको हो वुझ्न सकिन्छ ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको यो चलचित्रमा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय छ ।

क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो चलचित्र फागुनको २ गते प्रेम दिवसको अवसर पारेर रिलिजमा आउँदैछ । सार्वजनिक ट्रेलरमा दया र आँचलको प्रेम, नोकझोक र प्रेमभाव समेटिएको छ । ट्रेलरमा समावेश थुप्रै संवादले दर्शकको ध्यान खिच्ने देखिएको छ ।