
गायीका सीम्रन परीयार भन्छीन् भोजराज थापा दाईलाई म भगवान मान्छु,उहाँसँग सम्बन्ध कहिले बिग्रनेछैन, सबै हल्ला मात्रै हुन् । पानी परेको तीम्रो याद आयो र बेसी झरेको,लमजुङे डाडैम हावा सरर, नजरमा नजर मिलेपछि ,माया गर्ने मुटुमै घाउँ छ,कसरी भुलाउ तीम्रो याद,लगायतका थुप्रै हिट गीतमा आवाज भरीसकेकी छोटो समयमै सफल भएकी कलाकार हुन् बाग्लुङकी सीम्रन परीयार । साच्चै उनको आवाजमा जादु छ । पछिल्लो समयकी हिट गायीका सीम्रन परीयार यतिबेला निकै व्यस्त पनि छीन् । पत्रकार भोजराज थापाले उनको प्रतिभालाई उजागर गराईदिए र आजसम्म पनि पछाडी फर्केर हेर्नु परेको छैन । गीतसंगीतको क्षेत्रमा दशकौदेखी नीरन्तर लागीपर्दा पनि नाम,दाम कमाउन नसकेका कलाकारहरु धेरै नै छन् । तर उनी भने यस क्षेत्रमा भीत्रीएको एक वर्षको अवधीमानै आफुलाई सफल गायीकाको रुपमा स्थापीत गराईसकेकी छीन् ।
एक समय पत्रकार भोजराज थापासँगको सम्बन्ध बिग्रीएको भन्ने हल्लाका विषयमा उनी स्पष्टिकरण दिदै भन्छीन् त्यस्तो त वीलकुल नै होईन । म दाईसँग के गरम् कसरी गर्दा राम्रो हुन्छ भन्ने सल्लाह लिरहन्छु । उनलाई यस क्षेत्रमा बाटो देखाउने पत्रकार भोजराज थापालाई उनी भगवान मान्छीन् । उहाँकै कारणले आज म यो ठाउँमा छु भनेर सम्झन्छिन् उनी । कहिले यस क्षेत्रमा यति छोटो समयमै यति धेरै सफल हुन्छु भनेर भन्ने प्रश्नमा उनी जवाफ फर्काउछिन् मैले अहिलेनै यसरी सफल हुन्छु भनेर सोचेकै थीईन । मुख्य कुरा भोजराज दाईले मलाई बाटो देखाईदिनु भयो र मेरो मेहेनतकै कारण आज यहाँसम्म छु भन्छीन् उनी । उनी अहिले औपचारीक रुपमा संगीत अध्यन गर्दै छिन् ।
स्कुल जीवनमा कार्यक्रमहरु हुदाँ गीतहरु गाउन उनी स्टेज चढेकी थीईन् । घरमा पुजा आजामा, छिमेकमा, गाउँमा केहि कार्यक्रमहरु हुदाँ पनि उनी गीत गाउन अघि सर्थीन् । र यसैगरी घरमा गुनगुनाउदा गुनगुनाउदै यहासम्म आईपुग्दा निकै खुसी लागेको उनी बताउँछीन् ।