
नेपाली कमेडियन प्रनेश गौतमले यसवर्षको अस्ट्रेलियन आइडलमा अडिसन प्रस्तुति दिएका छन् । एक अंग्रेजी गीत गाउँदै उनले दिएको प्रस्तुतिलाई लिएर यतिबेला सामाजिक संजालमा चर्चा भैरहेको छ । ‘म गाउन जाँदैछु ‘आइ विल सर्भाइभ’ जजसँग उनले भनेका छन् । त्यसपछि एक जज भन्छिन्– लेट्स डु इट बेबी ।’ अनि प्रनेश गाउँन सुरु गर्छन् ।त्यसपछि ती जज भन्छिन्– अरु थप ? उनको प्रस्तुति हास्य शैलीको देखिएको छ । प्रनेशको प्रस्तुतिमा अर्का जज भन्छन्– यो मैले अहिलेसम्म सुनेको उत्कृष्ट संस्करण अवश्य होइन । मैले अहिलेसम्म सुनेको सबैभन्दा खराब भर्सन भने अवश्य हो ।’ गायन जस्तो भएतापनि प्रस्तुतिमा प्रनेशको आत्मविश्वास भने देखिएको छ । सामाजिक संजालमा उनको प्रस्तुति र आत्मविश्वासको प्रशंसा भएको छ ।
फेब्रुअरी २ देखि अस्ट्रेलियन आइडलको तेस्रो संस्करणको प्रसारण च्यानल सेभेनमा सुरु भएको छ । मार्सिया हाइन्स, एमी शार्क र काइल स्यान्डिल्यान्ड नयाँ सिजनमा निर्णायकको रुपमा छन् ।
अब कुरा गरौ को हुन् त प्रनेश ?
कमेडियन तथा मेमे नेपालका सञ्चालक हुन् प्रनेश गौतम । धरानमा जन्मिएका प्रनेशलाई युट्युबमा चलचित्र ‘वीर विक्रम–२’ को व्यंग्यात्मक समीक्षा गरेको आरोपमा एकसमयमा प्रहरीले नियन्त्रणमा पनि लिएको थियो । चलचित्रका निर्देशक मिलन चाम्सले प्रनेशले चलचित्र व्यवसायमा घाटा पु¥याउने गरी झुठा प्रचार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले साइबर अपराधको अभियोगमा उनलाई पक्राउ गरेको थीयो । चलचित्र निर्देशक राईले नै मिम नेपालका सञ्चालक प्रनेशलाई आफ्नो चलचित्रको समीक्षा गरिदिन भनेका थिए । प्रनेशले नितान्त फरक शैलीको भिडियो समीक्षा बनाए, जसमा यो चलचित्र झूर रहेको बताइएको थीयो । उनले चक्कु बोकेर मानिसहरुलाई चलचित्र राम्रो छ भन् भन्दै अभिनय गरेका थीए । ‘वीर विक्रम २’ प्रदर्शनमा आएलगत्तै प्रनेसको भिडियो समीक्षा मिम नेपालको युट्यूव पेजमा अपलोड भएको थियो । मिम नेपाल सामाजिक सञ्जालमा निकै चलेको च्यानलमा पर्छ । फेसबुकमा यसका फलोअर्स धेरै छन् ।
भिडियो अपलोड भएपछि वीर विक्रम २ को निर्माण पक्षले प्रहरीमा साइबर क्राइमको उजुरी दिएको थियो । त्यसैका आधारमा प्रनेस पक्राउ परेका थीए । उनै प्रनेस अहिले अस्ट्रेलियन आइडलमा अडिसन दिन पुुगेका छन् ।