
काठमाडौं । काठमाडौं महानगर मेयर समेत रहेका ¥याप गायक बालेन शाहले बुधबार साझ सामाजिक संजालमा २ वर्षअघिको एक टिभी शोमा आफूले गाएको ‘बलिदान’को गीतलाई पुनः शेयर गरेका छन् । सुरजसिंह ठकुरीको टिभी कार्यक्रम ‘इट्स माई शो’मा बालेनले सो गीतमा प्रस्तुति दिएका थिए । मेयर चुनावको सन्दर्भमा बालेनले गीत गाएका थिए । गीत निकै हिट भएको थियो । यो गीत भने ५ वर्षअघि नै उनले रिलिज गरिसकेका हुन् ।
कुनै क्याप्सनबिना बालेनले अचानक पुनः गीत शेयर गरेका छन् । उनले गीतलाई सेयर गर्नुको ‘समय र सन्दर्भ’ अर्थपूर्ण छ । हालै संसदमा दर्ता भएको सामाजिक सञ्जाल विधेयकमा प्रस्तावित प्रावधानले अभिव्यक्ति स्वतन्त्रताको हनन गर्ने भन्दै यतिबेला सरकारको आलोचना भैरहेको छ ।
बुधबार मात्रै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ता प्रक्रिया पुरा नभए फेसबुक, इन्स्टाग्रामसहितका प्लाटफर्म बन्द गर्ने चेतावनी दिइसकेका छन् । ठीक यही टाइममा मेयर बालेनले आफ्नो हिट गीतलाई सेयर गर्दै सरकारलाई सन्देश दिन खोजेका छन् ।