प्रिमियरमा उत्कृष्ट सारंग

...

काठमाडौँ । अभिनेत्री ऋचा शर्माले भोली शुक्रबार अर्थात माघ २५ बाट रिलिजमा आउन लागेको फिल्म सारंग आफ्नो डेब्यु फिल्म जस्तो लागेको बताएकी छिन् । ऋचा शर्माले अहिले अभिनय गरेको सारंग उनको सोलो फिल्म हो । लामो समयपछि शीर्ष भूमिकामा काम गरेकी उनले यसमा आमाको भूमिका निभाएकी छन् ।

वास्तविक जीवनमा पनि आमा बनिसकेकी उनले यो फिल्मलाई आफ्नो करिअरको ‘दोस्रो इनिङ’ मानेकी छन् । गएको मंगलबार फिल्मको प्रिमियरमा उनले मलाई हरेक फिल्म पहिलो फिल्म जस्तो लाग्छ । ‘सारंग’बाट मेरो डेब्यु भइरहेको छ जस्तो महसुस भइरहेको छ । भनेकी थिइन् । उनले यो फिल्म चाहिँ मेरो करिअरको दोस्रो इनिङ हो भनिन् । यो फिल्मबाट आफूले ठूलो पाठ सिकेको उनको भनाइ छ । स साना कुराले पनि बच्चामा कस्तो प्रभाव पर्छ भन्ने कुरा फिल्मबाट सिकेको उनले बताइन् ।

प्रिमियरमा उपस्थित सम्पुर्ण कलाकारहरुले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । कलाकार तथा निर्देशक दिपाश्री निरौला, प्रदीप भट्टराई, अभिनेत्री प्रियंका कार्की, अभिनेता दिव्य देव, सुलक्षण भारती, निर्माता अर्जुन कुमारलगायतले चलचित्र निकै राम्रो लाग्यो भन्दै प्रिमियरबाट निस्किएका थिए । सारंगमा कोरियोग्राफरको रुपमा परिचित प्रशान्त तामाङको लेखन तथा निर्देशन रहेको छ ।