
काठमाडौं । गायिका भूमिका शाहले नयाँ गीत लिएर आएकी छिन् । ‘हेरि रमाइलो’ बोलको गीत हिजो (बुधबार) सार्वजनिक गरिएको हो । गीतमा गायिका भूमिकासँगै बिक्रम बाबु विश्वकर्माको शब्द रहेको छ । संगीत भने भूमिका आफैले भरेकी छिन् ।
गीतको भिडिओमा लोकप्रिय अभिनेता धिरेन शाक्य र मोडल मन्जु थापाले अभिनय गरेका छन् । सुनिल राउत र उनको टिमले खिचेको भिडिओ मिन रावलले सम्पादन गरेका हुन् ।