
काठमाडौं । गायिका एलिना चौहान स्टेजमा गाउँदा गाउँदै भक्कानिएको एक भिडियो क्लिप यतिबेला भाइरल भएको छ । हालै पतिसँग सम्बन्ध विच्छेदको निवेदन दिएकी उनको यो भिडियो सार्वजनिक भएसँगै धेरै कलाकर्मीहरूले ढाडस दिइरहेका छन् ।
यस्तैमा नायिका रिचा शर्माले पनि चौहानलाई ढाडस दिँदै यो साहस कायमै राख्न सुझाव दिएकी छिन् । उनले लेखेकी छीन् ’प्रिय एलिना, तिमीले आफ्नो विवाह एक वर्षमै टुङ्ग्याउने निर्णय लियौ र मलाई थाहा छ, यो सजिलो निर्णय थिएन । समाजले प्रश्न ग¥यो होला, परिवारले चिन्ता व्यक्त ग¥यो होला, र धेरैले तिम्रो निर्णय बुझ्न सकेन होला, तर म बुझ्छु । किनभने तिमीले आफूलाई गुमाउन चाहेनौ । साँच्चै, सङ्गीत तिमीभित्र बाँचिरहेको थियो, तिमी त्यसैमा हराउन चाहन्थ्यौ । कसैले तिम्रो पखेटा काटेर घरको सानो खाँबोमा बाँध्न खोज्यो, तर तिमी उड्न चाहन्थ्यौ । ’
उनले थप भनेकी छिन्– ’विवाह एउटा सम्बन्ध हो, बाँधिनु होइन । जब सम्बन्धले तिमीलाई साँघुरो बनाउँछ, तिम्रो सपनालाई थिच्छ, तब त्यसलाई निरन्तरता दिनुको कुनै अर्थ हुँदैन । तिम्रो आँटलाई म सलाम गर्छु । धेरै महिलाहरू समाजको डरले आफूलाई बिर्सेर अरूको चाहनामा बाँच्न बाध्य हुन्छन् । तर तिमीले आफूलाई चुन्यौ, आफ्ना सपनालाई चुन्यौ । सङ्गीत तिम्रो आत्मा हो, र तिमीले त्यसैलाई अँगाल्यौ । तिमीले जस्तो निर्णय लियौ, त्यसले तिमीलाई अझ बलियो बनाओस् ।’