३५ लाख पारिश्रमिक लिएको बिषयमा बोले सागर लम्साल

...

काठमाडौँ । ३५ लाख पारिश्रमिक लिएको बिषयमा सागर लम्साल बलेले मुख खोलेका छन्  ।  टिभी श्रृंखलाका चर्चित कलाकार सागर लम्साल ‘बले’ अब फिल्म अभिनयलाई निरन्तरता दिन तयार छन् । ‘लोफर’, ‘लज्जा’ र ‘हैरान’जस्ता कथानक फिल्ममा अभिनय गरेका उनको आगामी फिल्मको रुपमा ‘लाज शरणम्’ प्रदर्शन तयारीमा छ ।

उनि  बताउँछन् मलाई अन्य ३-४ फिल्मको अफर पनि आएको छ । कथा मनप¥यो भने ती फिल्म गर्ने तयारीमा छुु । हालै ३५ लाख रुपैयाँ पारिश्रमिकमा उनले फिल्म ‘डल्लेले इन्ट्री मा¥यो’मा साइन गरेको चर्चा पनि छ । यसलाई पनि उनले स्वीकार गरेका छन् । यसबारे भनेका छन् , ‘यो फिल्ममा काम गर्नका लागि केही शर्त राखिएका थिए । जस्तै ५ देखि ६ महिनासम्म अन्यमा काम गर्न नपाउने । त्यस्ता शर्त स्वीकार गरेर मैले यो फिल्म साइन गरेको हुँ ।’ त्यो पारिश्रमिक आफूले मागेको नभई निर्माताले नै अफर गरेको दावी उनले गरे ।