’फेरि रेशम फिलिली’को टिजर सार्वजनिक, तारिफ बटुल्दै सुुपष्पा

...

काठमाडौँ  । ’फेरि रेशम फिलिली’को टिजर सार्वजनिक भएको छ । फागुन १४ देखि प्रदर्शनमा आउने यो फिल्मको टिजरमा अमेरिका जान गरिएको संघर्षका कथा समेटिएको छ । र यस फील्मको टिजरलाई दर्हकले रुचाएका छन् । टिजर भीडीयोको कमेन्टमा नायीका सुुपष्पा भट्ट र अभीनेता विनय श्रेष्ठको अभीनयको तारीफ देख्न सकीन्छ ।

फिल्म ’रेशम फिलिली’को सिक्वेल यो फिल्ममा अभिनेता विनय श्रेष्ठ,सुुपष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, मेक्सम गौडेल, लगायतको अभिनय छ ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता रौनक विक्रम कडेल हुन् । कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । निरोज महर्जनद्वारा निर्देशित फिल्ममा निर्देशक महर्जनकै कथा ।