
काठमाडौँ । गायिका एलिना चौहान पछिल्लो समय चर्चा र विवादमा छिन् । एक त उनको डिभोर्सको कुराले उनि चर्चामा छिन् भने अर्को उनले आफ्नो पैसा खाएको भनेर एक युवकको तस्विर सार्वजनिक गरेका कारण।
उनले आफु लगायत अन्य आफूजस्तै पिडित हरुको भिडियो पनि सामाजीक संजालमा राखेकी थिईन्। त्यसपछि भने एलिनाले उक्त रकम खाने व्यक्तिले ज्यान मार्ने धम्की दिएको कुरा खुलाएकि छिन्। युक्त व्यक्तिले पठाएको धम्कीपूर्ण भोईस म्यासेज नै उनले सार्वजनीक गरेकी छन्।
रकम खाने युवकले भनेको कुरा जस्ताको त्यस्तै
बलेको आगो सबैले ताप्छन्। अहिले तिमि चर्चामा छेउ यसकारण तिम्रो विस्वास गर्छन् तर याद गर्नु तिम्रो जिवनमा ठुलो दुर्घटना हुनेछ। लेखेर राख्नु भन्दै धम्क्याएका छन्। यसमा एलिनाले भनेकी छिन् मैले उहाको यतिधेरै प्रमाण राखेपछि त् उहालाई प्रहरीले पक्रिन्छ होला,केहि सजाय तोकिन्छ होला भन्ने सोचेको थिए तर उहा त सबैको पैसा खाएर अझै छाडा भएर हिडिरहनुभएको छ। कसैले समात्न पनि नसक्ने रैछन् । मोरङ घर भई हाल युएईमा रहँदै आएका दीपक बराइलीले आफूलगायत धेरैलाई ठगी गरेको एलिनाले आफ्नो पेजमा भिडियोमार्फत सार्वजनिक गरेपछि बराइलीले ज्यान लिने धम्की दिएको बुझिएको छ ।