काठमाडौँ । अहिले अभिनेता दयाहाङ राई फिल्म ‘दुखी आत्मा’ का कारण चर्चामा छन् । फिल्म ‘दुखी आत्मा’ पोस्टर, टीजर, ट्रेलर आदि प्रचार सामग्रीमा देखिएका दृष्य तथा प्रयोग गरिएका सम्वादका कारण फिल्मका प्रमुख कलाकार दयाहाङ राई र आँचल शर्माको चर्चा चुलिएको हो ।
प्रायः गाउँले परिवेशमा पारिवारिक भूमिकामा निर्वाह गर्दै आइरहेका दयाहाङ यो फिल्ममा भने केहि फरक शैलीमा प्रस्तुत भएका छन् । दयाहाङले पहिलो पटक एडल्ट फिल्ममा अभिनय गरेको देख्दा दर्शकले विभिन्न टिका–टिप्पणी गर्नु ठूलो कुरा होइन । किनभने दयाहाङ आफैँले पनि यो फिल्ममा अभिनय गर्नु अगाडि आफूलाई केहि असहज भएको कुरा विभिन्न अन्तर्वार्तामा भन्दै आइरहेका छ ।
दयाहाङ भन्छन् – ‘यो फिल्म पारिवारिक नभएर एडल्ट भएकाले परिवारसंगै बसेर हेर्न गाह्रो हुन सक्छ । एउटा उमेर समुहका दर्शले समूहगत रुपमा बसेर हेर्न फरक नपरेता पनि बालबालिकादेखि वृद्धसम्म एकै ठाउँमा बसेर हेर्न भने केहि असहज हुन सक्छ । त्यसैले ‘दुखी आत्मा’ परिवारसंगै बसेर नहेर्दा राम्रो हो ।







२८ माघ २०८१, सोमबार १६:१९ 








