हर्ष’मा खगेन्द्र र आँचलको जोडी

...

काठमाडौँ । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै ‘हर्ष’ सिनेमा बन्ने भएको छ । सिनेमालाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन् । ई प्राइम मुभिजको ब्यानरमा बन्ने सिनेमामा हाललाई प्रमुख कलाकारमा आँचल र खगेन्द्रमात्र फाइनल भएका छन् । उनीहरुका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ ।

सिनेमालाई प्रशन्न पौडेल र विकास पौडेलले निर्माण गर्दैछन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल  रहेका छन् । आलोक शुक्लाको सिनेम्याटोग्राफी रहने सिनेमामा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।