
काठमाडौँ । फिल्म ‘लाज शरणम्’ को गीत ‘नेपाल हासेको’ को हिजो सार्वजनिक भएको छ । गीतमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । गीतमा बालेनकै संगीत र शब्द समेत छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ । गीत रिलिज भएको केही घण्टामा नै ट्रेन्डङमा परिसकेको छ । समचार तयार बनाउँदासम्म युट्युबको २ नम्बर ट्रेन्डङमा छ यो गीत ।
गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय छ । बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो । मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन् । गीतले ‘लाज शरणम्’को हाइप थप बढाउनेमा निर्माणपक्ष ढुक्क छ । फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने फिल्म ‘लाज शरणम्’ ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा‘’ बोलको गीत सार्वजनिक गरेको थियो ।
गीतको कमेन्टमा फील्मको भन्दापनि बालेन शाहको तारीफ धेरै देख्न सकीन्छ । बालेन शाहलाई २०८४ मा प्रधानमन्त्री भएको हेर्ने चाहान्छौ,बालेन शाह नै हाम्रो आशाको कीरण हुन्,बालेन बाहेक अरु कसैले देश बनाउन सक्दैन लगायतका कमेन्टहरु आईरहेका छन् ।