अभीनेत्री सृष्टिसँग सौगात मल्लको इन्गेजमेन्ट चर्चा, प्रशंसक खुसी

...

काठमाडौँ  । अभिनेता सौगात मल्ल र अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ ७ वर्ष रिलेसनसिपमा बसे । गतवर्ष यी दुईबीचको सम्बन्धमा दरार आयो । ब्रेकअपको पुष्टि गर्दै यो जोडीले आफूहरू सहमतिमै अलग भएको र आ–आफ्नो काममा अघि बढ्ने बताएका थिए ।  तर ब्रेकअप भएको केहि समयमै यो जोडी पुन मिल्ने साथी भए । साथै फिल्म ‘विनोद’मा यी दुईले सहकार्य गर्दैछन् । ब्रेकअप पछि पनि सृष्टिसँग आफूलाई धेरै फिल्मको अफर आउने सौगात बताउँछन् । यी घटनाक्रमले यी दुईबीच प्याचअप भएको आंकलन भईरहेको छ । प्याचअपको प्रश्नमा काम गर्दै जाँदा मिलन पनि हुनसक्छ भोलि कसले देखेको छ र भन्छन् सौगात ।

ब्रेकअप हुनुअघि यी दुईबीचको सम्बन्ध विवाहको कुराकानीसम्म पुगेको थियो । विवाहका लागि परिवारबीच छलफल समेत भएको स्वयम सौगातले बताइसकेका छन् । यतिबेला यी दुईजना पुनः सम्बन्धमा आएको चर्चा छ । यतिसम्मकी इन्गेजमेन्ट गर्दैछन् भन्ने चर्चा समेत छ । केही मिडिया रिपोर्टमा सम्भावित इन्गेजमेन्टको चर्चा सुरु भएको छ ।

यो अवसरका लागि सौगातले फागुन २५ अगावै फिल्म ‘कल्ली’को छायांकन सक्ने र त्यसपछि बिदामा बस्ने भनेर जानकारी गराइसकेको कुरा खुलेको छ । यो जोडीको मिलन होला नहोला तर इन्गेजमेन्टको हल्लाले भने सृष्टि र सौगातका प्रशंसक खुसी छन् ।