महाकुम्भमा रुद्राक्ष बेचेर भाइरल बनेकी मोनालिसा नेपाल आउँदै

...

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित महाकुम्भमा रुद्राक्ष माला बेच्दाबेच्दै भाइरल भएकी मोनालिसा नेपाल आउने भएकी छन् । रौतहटको मोलापुरमा आयोजना हुने मधानी महोत्सवमा मोनालिसा पनि आउन लागेकी हुन् । महोत्सवमा सांस्कृतिक कार्यक्रमका लागि निर्देशक सनोज मिश्रा र मोनालिसा आउने निश्चित भएको हो ।

मिश्रा र मोनालिसाले मधानी महोत्सवमा आउन लागेको भिडिओ बनाएकी छन् । जुन भिडिओ संघीय सांसद प्रभु साहले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । महोत्सव फाल्गुन ११ देखि १५ गतेसम्म चल्नेछ । फाल्गुन १४ मा मधानी सांस्कृतिक कार्यक्रम आयोजना हुने र सो कार्यक्रममा मोनालिसा सहभागी हुनेछिन् । मोनालिसाको आगमनले महोत्सवको आकर्षण थप बढाउने विश्वास व्यक्त गरिएको छ ।