समीक्षा अधिकारी भन्छिन् एलिना दिदि सलाम छ

...

काठमाडौँ । हिजो एलिना चौहानले कानुनी रुपमा डिभोर्स गरिन्। त्यसपश्चात उनका समकालीन कलाकारहरुले उनको हिम्मतलाई, निर्णयलाई साथ दिएका छन्। यस्तैमा पछिल्लो पुस्ताकी लोकप्रिय,निकै व्यस्त गायिका समीक्षा अधिकारीले पनि एलिनाको साथ् दिदै एक स्ट्याटस लेखेकी छिन्।

दिदि एलिना,
आफुलाई भन्दा बढी माया गरेको, सम्पुर्ण रुपले जीवन नै सुम्पिएको पतिबाट अलग हुनुपर्दाको अकल्पनिय चोट तपाईंले सहनुपरेको छ। जुन एउटी नारीले सर्वस्व गुमाएको क्षण हो।
हिजो मलाई अन्यायका बिरुद्ध डटेर सामना गर्न उत्प्रेरणा दिनुहुन्थ्यो, मलाई त्यतिबेलै तपाईं साँच्चै साहसी लाग्नुहुन्थ्यो। आज हिंसा र यातना बिरुद्ध जीवनको सारथीबाटै अलग हुने निर्णय गरेर फेरि आफुलाई हिम्मतवाली, सक्षम र साहसिक सावित गरिदिनुभएको छ। सलाम छ।
बहिनीका रुपमा म सधै तपाईंको साथमा रहिरहनेछु। Be strong.