काठमाडौँ । मेयर भएपछि अन्तर्वार्तासम्म नदिएका बालेन यतिबेला काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को स्वर रहेको ‘नेपाल हाँसेको’ बोलको गीत युट्युब ट्रेन्डिङमा छ । फिल्म ‘लाज शरणम्’मा समावेश यो गीत सोमबार सार्वजनिक भएको हो । मेयर भएपछि कुनै नेपाली सञ्चारमाध्यममा अन्तर्वार्तासम्म नदिएका बालेन फिल्म ‘लाज शरणम्’ प्रमोसन गीत गाउन कसरी तयार भए त भन्ने कुराले यतिबेला सबैलाई आश्चर्यमा पारेको छ ।
मेयर बन्ने कसरतमा हुँदा बालेन आफ्नो चुनावी प्रचारमा निकै खटिएका थिए । यसैबीच उनी टेलिशृंखला ‘सक्किगोनि’ को एक एपिसोडमा पनि देखिए । जुन बालेनमै केन्द्रित थियो । त्यसै बेलादेखि बालेनसँग ‘सक्किगो नि’ को टिमसँग सम्बन्ध जोडिएको थियो । जुन सम्बन्धकै कारण बालेनको स्वरमा गीत ल्याउन सम्भव भएको ‘लाज शरणम्’ स्रोतले बताएको छ ।







३० माघ २०८१, बुधबार १३:४६ 








