जितु नेपालको हातमा धमाधम नयाँ फिल्म

...

काठमाडौँ । छक्कापञ्जा ब्यानरबाट निस्किएपछि जितु नेपालको हातमा धमाधम नयाँ फिल्म परेको छ । आगामी फिल्म ‘परालको आगो’ मा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् । यो फिल्म कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुन लागेको हो ।

निर्माताका अनुसार जितु फिल्मका प्रमुख दुई पात्रमध्ये एक हुन् । फिल्ममा यसअघि नै अभिनेत्री सुहाना थापा फाइनल भइसकेकी छन् । लक्ष्मण सुनारको निर्देशन रहेको यो फिल्म २०८२ मा प्रर्दशन हुनेछ ।

छक्कापञ्जा ब्यानरबाट निस्किएपछि जीतुु नेपालले काम नपाउलान् भन्ने धेरैलाई थीयो । तर उनले फिल्म साईन गर्न भ्याईरहेका छैनन् । छक्कापञ्जा ब्यानरपछिको ‘ह्यारीकी प्यारी’ ,ज्वाई साब, कार्साङ, रीलीज भईसकेको छ । लामो समय टेलीशृंखला जिरे खुर्सानीमा अभिनय गरेका जितुले दीपा–दीपक समूहसँग मिलेर आधा दर्जन फिल्ममा अभिनय गरिसकेका थीए ।