कमला घिमिरे भन्छिन् अब कहिले दोहोरी गाउदिन

...

काठमाडौँ  । चीया छानेको,बोलिले हसाउन कति जानेको यहि गीत गाएर करीव ५ वर्ष अघि भाईरल बनेकी बालगायिका कमला घिमिरे अब म कहिले गीत गाउदिन भन्ने अवस्थामा पुुगेकी छीन् । सानी कमला अहिले धेरै ठुली भईसकेकी छीन् । उनी कक्षा ११ मा अध्यनरत छिन् । अनको आवाज पहिले भन्दा धेरै परीवर्तन भएको छ ।

पहिला उनले गीत गाउँदा दर्शकश्रोताको वाहवाही आउथ्यो,तर अहिले भने उनले गाएका लाईभ दोहोरीका कमेन्टबक्स नराम्रा गालीगलौचले भरीएका हुन्छन् । छ्या कस्तो नराम्रो स्वर,पहिलेको जस्तो स्वरमा मिठास आएन लगायतका विविध गालीहरु आईरहेका हुन्छन्

यसकारण कमला भन्छीन् अब म गीत गाउँदिन । मेरो स्वरलाई लिएर धेरै नराम्रा कमेन्टहरु आए । मैले यस सन्दर्भमा उपचार समेत गराए । डाक्टरले पनि रेस्ट गर्नु भनेको छ । पछि स्वर राम्रो भयो भने फेरी गाउनेछु । दुुखी मन गर्दै उनी थप्छीन् स्वरले साथ दिएन यसकारण पढाईमा केन्द्रित भएको छु । गायनमा स्वरले साथ नदिएपछि यतिबेला उनी सीरीयलमा,मोडलिङमा जम्न खोजीरहेकी छीन् ।