धुर्मुसलाई ‘मेरिबास्सै’मा देख्न पाइने

...

काठमाडौं । कलाकार सिताराम कट्टेल (धुर्मुस्)लाई हास्य टेलिश्रृंखला ‘मेरिबास्सै’मा देख्न पाइने भएको छ । ‘मेरिबास्सै’बाटै दर्शकको मन जितेका र धुर्मुस् नामलाई स्थापित बनाएका सिताराम आउँदा साताको एपिसोडमा देखिन लागेका हुन् ।

उनले आफू ६ बर्ष मेरिबास्सैमा देखिन लागेको जानकारी गराएका छन् । यसपटक भने उनी ‘लाज शरणम्’ चलचित्रको प्रमोशनका लागी मेरिबास्सैमा देखिन लागेका हुन् । उनी मेरिबास्सैमा धुर्मुस् कै गेटअपमा प्रस्तुत भएका छन् । उनले सुट सकेपछिको तस्बिर सामाजिक सन्जालमा पनि पोस्ट गरेका छन् । यसअघि ६ बर्ष अघि पनि उनी मेरिबास्सैमा यसैगरी प्रमोशनकै लागी पुगेका थिए ।

 

उनी अभिनित चलचित्र ‘लाज शरणम्’ यहि फागुन १४ गते महाशिवरात्रीको अवसरबाट प्रदर्शन हुने तयारीमा छ । यो चलचित्रलाई कुमार कट्टेल (जिग्री)को लेखन र निर्देशन छ । चलचित्रमा धुर्मुस्सँगै बिजय बराल, सागर लम्साल, हरिश निरौला लगायतको अभिनय रहेको छ ।