स्कटल्याण्डमा नेपाल आदिवासी जनजाती चलचित्र महोत्सव हुदै

...

काठमाडौंँ । नेपाल आदिवासी जनजाती चलचित्र महोत्सव २०२५’ स्कटल्याण्डको राजधानी एडिनबर्गमा आयोजना हुने भएको छ । आयोजक नेपाल
नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ र फिल्म कल्चर सोसाइटी अफ नेपालले महोत्सवको आयोजना गर्न लागेको हो । एशोसियसनलाई नेपालबाट आयोजनामा सहकार्य नेपालबाट चलचित्र निर्देशक समाजले गर्नेछ ।कार्यक्रमको सहजिकरण आदिवासी जनजाति चलचित्र महासंघ प्रदेश १ ले गर्नेछ ।

एशोसियसनले मंगलबार एक कार्यक्रम गर्दै महोत्सव आगामी अगष्टमा आयोजना हुने घोषणा गरेको छ । आदिवासी चलचित्रको अन्तराष्ट्रिय बजार प्रवद्र्धनका लागि महोत्सव आयोजना हुन लागेको आदिवासी जनजाती चलचित्र महासंघ, प्रदेश १ का अध्यक्ष ज्योतिराज राईले बताए । महोत्सवले आदिवासी जनजाती चलचित्रको अन्तराष्ट्रिय बजार बिस्तार हुने र निर्माणमा समेत तिब्रता आउने राईको विश्वास छ । स्कटल्याण्डपछि अन्य बिभिन्न मुलुकमा समेत महोत्सव क्रममा आयोजना गर्ने लक्ष्य संसथको रहेको राईले सुनाए ।

कार्यक्रममा नेपाल स्कटल्याण्ड एशोसियसनका अध्यक्ष विजय डंगोल, हिमालयन सेन्टरका अध्यक्ष टीका लिम्बु,कलाकार सुवाश थापा, निर्माता सागर सुवेदी, नेपाल चलचित्र निर्देशक समाजका महासचिव तथा नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधान लगायतको
सहभागीता थियो । महोत्सवमा आदिवासीका खाना, पहिरन, कलासंस्कृतिकोे अलवा आदिवासी चलचित्र प्रदर्शन समेत हुनेछ । प्रदर्शन भएका
चलचित्रका कलाकार र चलचित्रलाई अवार्ड समेत प्रदान गरिनेछ । कार्यक्रममा बिभिन्न अन्तक्र्रिया, सम्मान समेत आयोजना हुने महोत्सवमा थुप्रैको सहभागीता रहने महोत्सवका निर्देशक अरुण कुमार प्रधानले बताए ।