
काठमाडौँ । अभिनेता राजबल्लभ कोइराला पनि एलिना चौहान विवादमा मुछिएका छन् । गायिका चौहानले केहि समयअघि आफ्नो पैसा खाएको भनेर दिपक बराइली नामका व्यक्तिको फोटो पोस्ट गरेकी थिईन्। र सोहि व्यक्तिले राजबल्लभ कोईरलालाई फोन गरेर भिडियो कलमा चलचित्र सफलताको शुभकामना दिएका थिए। र फोन मात्रै गरेनन् भिडियो कलको स्क्रिनसट नै फेसबुकमा राखे। त्यसपश्चात एलिनको पैसा खाने व्यक्ति राजबल्लभ कोइरालाको पनि साथि भएको भनेर नाम जोडिन थालेपछि उनले यस्तो स्टयाट्स लेखेका छन् ….
फिल्म एक्टर टेक वान को रिलीज संघारमा, एकजनाले म्यासेनजरमा कल गरेको गर्यो । केही पर्यो की भनेर उठाए ,चलचित्रको शुभकामना दिन हो भन्दै एक छिन भिडीयोमा आउनु न भन्यो । कस्तो गाह्रो कहिले काही मन राख्दिम् न, मनै त हो भने भिडीयो कल रिसीभ गरे । उसले हेलो भन्यो, अनि साईडको केटीलाई हेलो भन्नु न भन्यो । मैले व्यस्त छु भन्दै केही बेरमै कल काँटे । एकै छिन पछी मलाई ट्याग गरेर फेसबुकमा स्टोरी पोस्ट गर्यो । मित्र राजबल्लभसँग लामो समय पछी कुरा भयो । देख्नेलाई लाग्यो होला, यि पुरानै मित्र हुन् ।
मेरो अनुमति बिना पुरा कल रेकर्ड गरेर स्क्रिन सट लिएर फोटो राखेको रहेछ । के भन्ने ? त्यती बेला, सामान्य लाग्यो । यसरी धेरैले माया र सद्भाव देखाउन फोटोहरू बर्षौ देखी पोस्ट गर्नु भएको छ । तर केही दिन यता, केही पोस्टमा फलानो, विवादीत मान्छे तपाईको साथी हो भनेर मलाई ट्याग गरे पछी यो स्टयाट्स लेख्न बाँध्य भए । होईन ,मेरो साथी होईन, अनि भेटेको सम्झना पनि छैन ।
फोटोको भरमा, फेसबुकमा शुभकामना सन्देशको भरमा, कसैले सम्बन्ध मापन गरी हाल्नु हुदैन । एउटै क्षेत्रका केही ब्यक्तिहरू विभिन्न प्रसंग अनुसार फेसबुकमा प्रबिधीले जोडिएका छन् भन्दैमा वास्तवमै साथी हुन भन्न सकिन्न । उसो त अहिलेका राष्ट्रपतिसँग पनि मेरो फोटो छ । सो…