टिकटक स्टार विना राउतले गरीन् चलचित्रमा डेब्यु

...

काठमाडौँ । चर्चित् टिकटक स्टार विना राउतले नेपाली रजतपटमा डेब्यु गरेकी छीन् । उनले टंक बुुढाथोकीको फिल्म ‘मन बिनाको धन’ फिल्म मार्फत् डेब्यु गर्ने पक्का भएको छ । गायक एवं संगीतकार टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा बन्ने यस फिल्ममा बालकलाकार अशोक दर्जी,सरोज खनाल, नीता ढुंगाना, ,सन्तोष पन्त लगायतका कलाकारको अभिनय रहनेछ ।

विना पछिल्लो समय मोड्लिङमा जमिरहेकी छिन् । बिना भन्छीन् मलाई चकलेटि नायकहरुसँग पनि काम गर्ने निकै रहर छ । अब विस्तारै पुरा हुन्छ होला । पछिल्ला केही समयदेखि मोडल विना राउत म्युजिक भिडियो बजारमा सर्वाधिक चर्चामा छिन् ।

टिकटकबाट नै उदाएकी बिनालाई लिएर म्युजिक भिडियो बनाउनेहरूको संख्या धेरै छ । तीजका गीतदेखि आधुनिक गीतसम्मका म्युजिक भिडियोमा विना व्यस्त छिन् ।