जितु नेपाल ‘मुन्द्रे’को आज जन्म दिन, कसरी बने त मुन्द्रे ?

...

असार, काठमाडौं। हाँस्य कलाकार जितु नेपालको आज जन्मदिन परेको छ । हास्य व्यंग्य  टेलिश्रृंखला जिरे खुर्सानीका लेखक तथा निर्देशक जितु नेपाल मुन्द्रेको नामबाट अझ चर्चित छन् । बि.स. २०३२ सालमा सिन्धुपाल्चोकमा जन्मिएका जितुले आफ्नो ४० औं जन्मउत्सव मनाउन लागेका हुन् । जितुले आज मंगलबारको दिनमा परेको आफ्नो जन्मदिनको बारेमा आर्टिस्ट खबर सँगको टेलिफोन वार्तामा खासै ठुलो योजना केहि नभएको बताएका छन् । बिहान उठेर आमाको आर्सिवाद लिएको र घरमै परिवारसँग रमाईलो गर्ने र बाहिरको कुनै पनि कार्यक्रम नभएको बताएका छन् ।

jitu nepal mundre with his mother

यसैबिच कलाकार जितु नेपालको आज परेको जन्मदिनको उपलक्ष्यमा आर्टिस्ट खबर डटकमले उनको बारेमा केहि कुरा बुझ्न खोजेको छ । सिन्धुपाल्चोकमा जन्मिएका जितु नेपाल को हुन् त ? कसरी बने त जितु नेपालबाट मुन्द्रे ? प्रस्तुत त जितु नेपालसँगगरीएको कुराकानीमा आधारीत केहि अंश ।

को हुन् जितु नेपाल ?
सिन्धुपाल्चोक जिल्लाको सामान्य परिवारमा बि.स. २०३२ साल असार १ गते जन्मिएका जितु नेपाल आमा योगमाया नेपाल र बाबा ससीधर नेपालका छोरा हुन् । जितुले बि.सं २०४८ सालमा सिन्धुपाल्चोकको जाल्पा माबिबाट एसएलसी पास गरेका हुन् । आफुले त्यो बेला तेस्रो श्रेणीमा एसएलसी पास गर्दा बिद्यालयबाट कक्षा १० मा पास हुने ५ जना मध्ये आफु पनि परेको उनले बताउँछन् । उनले बि.सं. २०५९ साल फागुन १३ गते मुना नेपालसँग मागि बिवाह गरेका हुन् । पछि काठमाडौं आएपछि कलाकारिता मै लागिरहेका जितुले बिंसं २०६० सालमा काठमाडौंको काटेश्वर स्थित नरेफाँटमा कलाकारिता बाटै कमाएको पैसाबाट घर किनेका हुन् । अहिले जितु नेपालका दुई सन्तान छन् । बिंसं २०६१ सालमा छोरी समिद्धिको जन्म र बि.स. २०६३ सालमा छोरा सक्षमको जन्मभएको बताउँछन् ।

jitu nepal mundre

कसरी बने मुन्द्रे ?
नेपाल टेलिभिजनबाट प्रत्येक सोमबार राति ८ः५० मा प्रसारण हुने हाँस्य टेलिश्रृंखला जिरे खुर्सानी सञ्चालन हुनु भन्दा पहिले पनि बिभिन्न टेलिश्रृंखला माईकल, गिताञ्जली लगायतमा अभिनय गरीसकेका थिए । त्यस्तै बिभिन्न स्टेज कार्यक्रमहरुमा आफ्नो प्रस्तुती देखाउने जितु नेपालले बि.स. २०६० सालमा जिरे खुर्सानी सुरुवात गरेका हुन् । जिरे खुर्सानीको सुरुवात हाँस्य कलाकार शिवहरी पौडेल र जितु नेपाल मिलेर सुरुवात गरेका हुन् । जिरे खुर्सानी सुरुवात भईसकेपछि समसामायिक प्रसंगलाई हाँस्य तथा व्यंग्यको रुपमा आम दर्शकमाझ पुर्याउने उद्धेश्यले एक परिवारको स्थापना गरीयो । जसमा बाबुको भुमिकामा शिवहरी पौडेललाई नै राखियो भने छोराको भुमिकामा जितु नेपाललाई राखियो । त्यसपश्चात जितु नेपालले छोराको भुमिका निभाउने गर्न थालेपछि मुन्द्रा पनि लगाउँदा अझ राम्रो देखिने भएपछि मुन्द्रा लगाएरै छोरा बन्न थाले । मुन्द्रा लगाएपछि उनको नाम बिस्तारै मुन्द्रेमा परिणत भयो र बिस्तारै उनको त्यो मुन्द्रे नामलाई आम दर्शकले रुचाउन थाले ।

पर्दामा मुन्द्रा लगाउने जितुले वास्तविक जीवनमा भने मुन्द्रा लगाउँदैछन् । त्यस्तै पर्दामा एसएलसी पास मात्र भएका जितु वास्तविक जीवनमा भने त्यो भन्दा धेरै नै पढेका छन् ।

jitu nepal mundre with his family