
काठमाडौँ । प्रकाशका सपुतको फिल्म ‘वसन्त’मा राजेश हमालको आगमन भएको छ । नायीका स्वस्तिमा खड्का र प्रकाश सपुतको मुख्य भुमिकामा बन्न लागेको चलचित्र वसन्तमा राजेश हमाल विशेष भूमिकामा देखिन लागेको बसझीइको छ ।
महानायक राजेश हमाल आठ वर्षपछि फिल्ममा फर्किएका छन् । उनको मुख्य भूमिका रहेको फिल्म ‘नरसिंहाः अवतार’ चैत २९ गतेबाट रिलिज हुँदैछ । यसैबीच, हमालले प्रकाश सपुतको फिल्म ‘वसन्त’ खेलेको खबर बाहिएको छ । हमालसहित ‘वसन्त’मा अन्य कलाकारहरुको समेत अभिनय रहेको बताइएको छ । यद्यपी, निर्माण टिमले हालसम्म यसबारे केही खुलाएको छैन ।
प्रकाशसहित स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको ‘वसन्त’ आगामी चैत २२ गतेबाट रिलिज हुँदैछ । यसअर्थमा लामो समयपछि कमब्याक गर्न लागेका राजेश हमालको यो वर्षको अन्त्यमा दुई फिल्म दर्शकमाझ आउँदैछन् ।