दिपेन्द्र के. खनालको ‘धनपति’को कलाकार फाईनल

...

पुस, काठमाडौं ।  दिपेन्द्र के. खनालले निर्देशन गर्ने चलचित्रमा धनपतिको लागी कलाकार फाईनल भएको छ । निर्देशक खनालका अनुसार चलचित्रमा दुई मुख्य कलाकार सहित अन्य कलाकार पनि फाईनल गरिएको छ ।
dhanapati-movie-artits-finalचलचित्रका लागी पशुपति प्रसादका पशुपति खगेन्द्र लामिछाने मुख्य भुमिका रहने बताईएको छ । त्यस्तै चलचित्रमा अझै पनि बाट नेपाली चलचित्रमा डेब्यु गरेकि नायिका सुरक्षा पन्त पनि मुख्य भुमिकाका लागी फाईनल गरिएको बताईएको छ । निर्देशक खनालका अनुसार चलचित्रमा माघ महिनाबाट छांयाकनमा निस्कने छ । चलचित्रको कथा, पटकथा तथा संवाद फाईनल भईसकेको छ ।

चलचित्रको कथा, पटकथा तथा संवाद कलाकार खगेन्द्रकै हुनेछ । रोजिन सिटौलाको निर्माणमा बन्ने सिनेमामा सह निर्माताको रुपमा रजना नापित र समिर देवकोटा रहने छन् । सपना र अहंकारका कारण एउटा मानिस कहाँ-कहाँ ठोकिन्छ भन्ने कथा प्रस्तुत गर्ने चलचित्रको सहायक निर्माताका रुपमा भने ओम गुरुङ रहने छन् ।

पछिल्लो समय सफल निर्देशकको पहिचान बनाएका खनालको यो महत्वपुर्ण सिनेमा पनि बन्नेछ । निर्देशक खनालले यसअघि चपलि हाईट, पशुपति प्रसाद जस्ता सफल सिनेमा निर्देशन गरेका छन् ।