काठमाडौँ । नेपाल भाषाको लवजमा गीत गाएर गायक कुमा सागरलाई गिज्याएको आरोपमा ४ जना कमेडियन विरुद्ध प्रहरीमा निवेदन दर्ता गरिएको छ । नेवार समुदायका व्यक्तिहरूले कमेडियनहरू सजन श्रेष्ठ, उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान र गायक सुजन जिम्बाविरुद्ध निवेदन दिएका हुन् ।
कुमा सागरलाई गिज्याएर सम्पूर्ण नेवार समुदायको आत्मसम्मानमा चोट पुगेको निवेदनमा दाबी गरिएको छ । विवादबारे दुवै पक्षलाई राखेर छलफल गराइने जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले बताएको छ ।







६ फाल्गुन २०८१, मंगलवार ०९:१९ 








