काठमाडौँ । यही फागुन १४ गते अर्थात महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘लाज शरणम्’ को प्रमोशनल लोकदोहोरी गीत सार्वजनिक भएको छ । लोकप्रिय लोक गायक तथा संगीतकार सरोज लामिछानेको स्वर तथा शब्द संकलनमा तयार भएको यो गीतमा सुनितामी परियारको पनि स्वर सुन्न सकिन्छ । शिवनारायण जोशीले यो गीतलाई संगीतबद्ध गरेका छन् ।
केही साताअघि मात्र रेकर्ड भएको यो गीतको भिडियो निकै आकर्षक बनाइएको छ । यो नृत्यपरक गीतमा अभिनय गर्ने कलाकारहरुले ‘लाज शरणम्’ का पोस्टर तथा प्लेकार्डहरुमार्फत आकर्षक नृत्य गर्दै फिल्मको प्रदर्शन मितिदेखि कलाकार, निर्माता र निर्देशकका बारेमा जानकारी दिएका छन् । गीतमार्फत फिल्ममा को–को कलाकार छन्, फिल्म कस्तो बनेको छ, फिल्मलाई कोसंग बसेर हेर्न मिल्छ आदि कुराहरुका जानकारी दिइएको छ ।
गीतको भिडियोमा कलाकारलाई विभिन्न भेषभुषामा प्रस्तुत गरिएको छ । गीतको शब्द मिलाउँदै विभिन्न पटक फिल्म प्रदर्शन मितिलाई हाइलाइटमा राखिएको छ ।







६ फाल्गुन २०८१, मंगलवार ११:५० 








