काठमाडौँ । युट्युबमा सधै करोडभन्दा बढी भ्युज पाउने यी गायक , जसले गीत हिट हुुन्छ -हुदैँन आफ्नै घरबाटै थाहा पाउँछन् । दश वर्ष अघिदेखि गायन क्षेत्रमा लागेका अर्जुनका हरेक गीतका पहिलो स्रोता नै आमाबुबा र त्यसपछि बहिनी र भाइ हुन्छन् ।
उनी भन्छन् बुबाममी एउटा उमेर समूहको हुनुभयो, म अर्को उमेरको भए , मेरो बहिनी र भाइ एउटा उमेरका छन्। फरक उमेर समूह भएकाले परिवारभित्र सबैले सजिलै गुनगुनाउन सक्ने र राम्रो मान्ने गीत भयो भने श्रोता, दर्शकलाई मन पर्न सक्छ भन्ने लाग्छ, र त्यहिअनुसार म गीत बनाउँछुुु भन्छन् उनी ।
अर्जुन सापकोटालाई चिनाउने पहिलो गीत हो ’वनकी चरी’। त्यसयता उनका थुप्रै गीत रूचाइएका छन् । ’पछ्यौरी लिसियो’, ’डाँडैको टुनी’, ’बस्यौ अलक्कै’ जस्ता उनका धेरै गीत युट्युबमा करोड पटकभन्दा बढी हेरिएका छन् । तीन महिनाअघि सार्वजनिक ’दुःख साटम्ला’ गीतले नै ६० लाखभन्दा बढी भ्युज पाइसकेको छ। सफलताको यात्रामा रहेका अर्जुनको व्यस्तता यस वर्ष मेला, महोत्सवमा बढ्दो छ।







७ फाल्गुन २०८१, बुधबार १८:४२ 








