काठमाडौं । अभिनेत्री झरना थापा ‘ए मेरो हजुर ५’को तयारीमा छिन् । तर यतिबेला नयाँ फिल्मअघि झरना तीर्थव्रतमा छिन् । यो फिल्मअघि झरना थापा यतिबेला भारतको प्रयागराजमा भैरहेको महाकुम्भमा पुगेकी छिन् ।
संगममा स्नान गर्दै डुबुल्की मारेको तस्वीर उनले सेयर गरेकी छिन् । थापा फोटो सेयर गर्दै झरना लेख्छिन्, ‘महाकुम्भ मेलामा स्नान गर्दै । झरना थापा यतिबेला आगामी ‘ए मेरो हजुर ५’ को श्रृंखलाको तयारी गर्दै छिन् ।
फिल्मको सुरुवात अहिलेका चर्चित संगीतकार खेम सेन्चुरीलाई संगीत कम्पोजरको रुपमा डेब्यु गराउँदै सुरु भएको छ । केहि समयअघि उनि देवघाट पनि पुगेकी थिइन् ।









८ फाल्गुन २०८१, बिहीबार १४:०४ 








