चलचित्रमा फर्किदै उत्तम प्रधान, नेपाल आइपुगे

...

काठमाडौँ ।  छायांकन सुरु हुन लागेको चलचित्र ‘कल्ली’का लागि नायक उत्तम प्रधान भारतबाट नेपाल आइपुगेका छन् । उत्तम एक दशक भन्दा लामो समयपछि नेपाली चलचित्रमा फर्किन लागेका हुन् । यो बीचमा उनले नायिका निरुता सिंहसँग एउटा म्युजिक भिडियोमा काम गरेका थिए । चलचित्रमा उत्तमको मुख्ये भूमिका रहने बुझिएको छ । उनी ३५ दिनसम्म नेपालमा रहनेछन् ।

२३ वर्ष अघि चलचित्र दर्पण छायाँबाट अभिनेताको रुपमा नेपाली चलचित्र उधोगमा डेब्यु गरेका उत्तमले त्यसपछि एक दशकपछि एक दर्जन भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरे । त्यसपछि सिक्किम सरकारबाट त्यहाँको चलचित्र विकाश बोर्डको अध्यक्षको जिम्मेवारी पाएर उनी सिक्किम फर्किएका थिए । अध्यक्षको कार्यकाल सकिएपछि सिक्किममै व्यबसाय गर्दै आएका उत्तमले अब नेपाली चलचित्रलाई निरन्तता दिने देखिएको छ ।