विवाह गर्छु भन्दा गालि खाएकी स्वस्तिमा

...

काठमाडौँ । नायीका  स्वस्तिमा  खड्काले अभिनेता  निश्चलबस्नेत सँग विवाह गर्ने कुरा चलेपछि एकदमै धेरै नकारात्मक कमेन्ट आएका थीए । १९ वर्ष उमेरबाट फिल्म खेल्न थालेकी स्वस्तिमाले सुरूका दिनमा सामाजिक सञ्जाल र व्यक्तिगत रूपमा निकै सकारात्मक प्रतिक्रियाहरू पाएकी थिइन्। ती प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको उनी बताउँछिन्।

तर जब निश्चल बस्नेतसँग बिहेको कुरा चल्यो, त्यसपछि एकैचोटि नकारात्मक टिप्पणीको ओइरो लाग्न थाल्यो। उनि भन्छिन्  विवाह कुरा चल्नासाथ मान्छेहरूले आ–आफ्नो ढंगले अनुमान लगाए। स्वस्तिमाले यो–यो कारणले निश्चलसँग बिहे गर्न लागेकी हो भनेर कुरा काट्न थाले, उनले भनिन्, १९–२० वर्ष उमेरमै एकदमै धेरै नकारात्मक टिप्पणी भोगेर आएकाले अचेल त्यस्ता टिप्पणीले मलाई असर गर्दैन  ।