काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीकी ३ वर्षिया छोरी आयंकाले कलाकारितामा डेब्यु गरेकी छिन् । उनले ’बालापनको उमेर–२’ गीतको भिडिओमा अभिनय गरेकी हुन् ।
यो म्युजिक भिडिओबाट गायक तथा निर्माता सरोज ओलीकी ६ वर्षीया छोरी आन्भीले पनि कलाकारितामा डेब्यु गरेकी छिन् । ’बालापनको उमेर–२’ को भिडिओ मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्।
यसमा नवराज उप्रेती र सुनिल भण्डारीको सिनेमाटोग्राफी, भुपेन्द्र अधिकारी र मनोज कार्कीको सम्पादन छ ।







११ फाल्गुन २०८१, आईतवार १०:१९ 








