’लाज शरणम्’ सेन्सर पास

...

काठमाडौँ  । उच्च अदालत पाटनको आदेशपछि प्रचारप्रसार रोकिएको फिल्म ’लाज शरणम्’ सेन्सर पास भएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी ’युनिभर्सल सर्टिफिकेट’ दिएको छ ।

पूर्वमन्त्री मोहम्मद अफताब आलमले उच्च अदालत पाटनमा रिट दायर गरेपछि फिल्मको प्रदर्शन अन्यौल भएको थियो । सेन्सर पास भएसँगै फिल्म महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउने निश्चित भएको छ ।