काठमाडौँ । आफूसहित परिवार असुरक्षित भएको भन्दै कमेडियन सजन श्रेष्ठले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । उनले आइतबार यसबारे उजुरी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । रिदय ताम्राकार नामक फेसबुक ह्याण्डलबाट आफूलाई धम्की दिनुका साथै दिदीहरूलाई समेत बलात्कारसम्मको धम्की दिएको सजनले जनाएका छन् । सामाजिक सञ्जालबाट प्रहरीमा दिएको निवेदन सार्वजनिक गर्दै उनले दोषीलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत कारबाही गर्न माग समेत गरेका छन् ।
फागुन ४ गते एक भिडियो फेसबुकमा अपलोड गरेको र त्यसको एक दिनपछि रिदय ताम्राकार नामक फेसबुक प्रोफाइलले आफ्नो परिवारको फोटो राखेर सो पोस्टमा आफू र आफ्नो परिवारलाई धम्काएको उनको आरोप छ । गतसाता सजनसहित कमेडियनहरू उत्सव सापकोटा र सुजन जिम्बा र पडकास्ट चलाउने सुशान्त प्रधान लगायतविरुद्ध गायक कुमा सागरलाई गिज्याएको आरोपमा काठमाडौँ प्रहरी परिसरमा उजुरी परेको थियो ।








१२ फाल्गुन २०८१, सोमबार ०९:४४ 








